कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा

भाद्र १५, २०८१
वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित 'इन टु द फायर' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए । क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै देउवाले उनको प्रशंसा गरे ।

‘उहाँ (क्या.थापा)ले पहिल्यैदेखि मलाई व्यक्तिगत रुपमा पनि धेरै ठूलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि,' उनले भने, 'यसकारण केपी शर्मा ओलीको पार्टीको नजिकको भने तापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो । मैले उहाँलाई त्यसै रुपमा लिएको छु । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठूलो योगदान छ ।’

प्रकाशित : भाद्र १५, २०८१ १७:०६
x
×