कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एमाले सचिवालय बैठक सुरू

भाद्र १३, २०८१
एमाले सचिवालय बैठक सुरू

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । 

बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी छन् ।

बिहीबारको बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक झण्डै डेढ घण्टा ढिलो सुरू भएको छ ।


प्रकाशित : भाद्र १३, २०८१ १४:५७
x
×