कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

शिक्षित मूर्ख होइन, सज्जन र गुणवान मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री ओली

भाद्र १०, २०८१
शिक्षित मूर्ख होइन, सज्जन र गुणवान मान्छे उत्पादन गरौँ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित मूर्ख नभई सज्जन र गुणवान मान्छे उत्पादन गर्न विश्वविद्यालयहरुले काम गर्नुपर्ने बताएका छन् । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सुुदूूरपश्चिम विश्वविद्यालयको १२ औँ सभामा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुुपर्ने बताए ।

'गुरुहरूले ऋषिमन र भावका साथ काम गर्नुपर्छ । त्यसो भएमा चेलाहरुले गुरुहरुलाई मान्छन् । विद्यार्थीलाई शिष्ट, नम्र र शालीन हुन सिकाउन सक्नुपर्छ नत्र समाज अनुकूूल शिक्षा हासिल भएको मान्न सकिँदैन ।’

सुुदूरपश्चिम विश्वविद्यालयको स्थापनापूर्वको छलफलमा आफू सहभागी भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमको संस्कृति झल्कने खालको शिक्षा दिन समेत आग्रह गरे ।

प्रकाशित : भाद्र १०, २०८१ २०:२३
x
×