कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

नेपाली समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली

भाद्र १०, २०८१
नेपाली समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई बिथोल्न त्यति सजिलो नभएको बताएका छन् । उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुन नसक्ने बताए ।

सोमबार काठमाडौंस्थित सैनिकमञ्चमा भएको गौरा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए ।

प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्विमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको बताए । कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए ।


प्रकाशित : भाद्र १०, २०८१ १६:२५
x
×