कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

सुनकोशी दुर्घटना : भेटियो जिप, तीन जना अझै बेपत्ता

भाद्र ९, २०८१
सुनकोशी दुर्घटना : भेटियो जिप, तीन जना अझै बेपत्ता

सिन्धुली — सुनकोशी नदीमा खसेर बेपत्ता भएको जिप गोताखोर र स्थानीयको टोलीले फेला पारेका छन् । त्यसमा सवार तीन जना यात्रु भने अझै बेपत्ता छन् ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको जिप मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा शनिबार खस्दा तीन यात्रु बेपत्ता भएका छन् । जिपमा रहेका एक जनाले भने हाम्फालेर ज्यान जोगाएका छन् ।

सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार सुनकोशीको बहावमै प्र. नं ३ –०१–०२३च ६३६६ नम्बरको जिप फेला परेको हो । जिपलाई क्रेनले तानेर किनारमा ल्याइएको छ ।

आइतबार बिहानैदेखि बेपत्ता व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट प्रहरी निरीक्षक दिनेश देउजाको कमान्डमा १० जनाको गोताखोर टोली परिचालन भएको छ । नदीको बहाव बढी भएको र धमिलो भएकाले खोजी कार्यमा कठिनाइ भएको एसपी काफ्लेले जनाए ।

जिप पल्टिन थालेपछि हाम्फालेका भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । सुनकोशी नदीमा खसेर बेपत्ता हुनेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका ३२ वर्षीय चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन् ।


प्रकाशित : भाद्र ९, २०८१ ०८:१७
x
×