कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

रामेछापको लेकखर्कमा पहिरो : ११ जना बेपत्ता

भाद्र ९, २०८१
रामेछापको लेकखर्कमा पहिरो : ११ जना बेपत्ता

दोलखा — रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ मा शनिबार राति भीषण वर्षापछि आएको पहिरोमा परी ११ जना बेपत्ता भएका छन् ।

मध्यरातमा लेकखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको सिंहले बताए ।

पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल बगाएको छ । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको डीएसपी सिंहले बताए । क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : भाद्र ९, २०८१ ०६:५९
x
×