कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

कांग्रेस बैठकमा उपप्रधानमन्त्री सिंहले भने, 'पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छु'

कांग्रेस बैठकमा उपप्रधानमन्त्री सिंहले भने, 'पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छु'

काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उपप्रधानमन्त्री सिंहले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताए । उनले पार्टीका नेता कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे। अहिले कांग्रेस सिंहको नेतृत्वमा सरकारमा सहभागी छ ।

‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरी काम गर्नेछु ,’ सिंहलाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । त्यस्तै फरक सन्दर्भमा नेता सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखे।

कांग्रेसमा अहिले नेतृत्वको बहिर्गमनबारेको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताए ।

प्रकाशित : भाद्र ७, २०८१ २०:०६
x
×