कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

एकीकृत समाजवादी उपमहासचिव चौधरीको विवादस्पद अभिव्यक्तिबारे पार्टीले साेध्यो स्पष्टीकरण

भाद्र २७, २०८१
एकीकृत समाजवादी उपमहासचिव चौधरीको विवादस्पद अभिव्यक्तिबारे पार्टीले साेध्यो स्पष्टीकरण

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नेपाली भूमिबारे विवादस्पद अभिव्यक्ति दिएको विषयमा उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । 

गत सोमबार एक टेलिभिजन कार्यक्रममा बोल्दै उपमहासचिव चौधरीले नेपाली भूमि लिपुलेक, कालापानी भारतको भएको अभिव्यक्ति दिएका थिए । त्यसबारे लिखित स्पष्टीकरण पेश गर्नका लागि एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पत्र लेख्दै तीन दिनकाे समय दिएका हुन् ।

'गत भाद्र २५ गते साँझ प्राइम टेलिभिजनको 'जनता जान्न चाहन्छन्' कार्यक्रममा तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ, (कालापानी र लिपुलेक) भारतको हो भन्नु भएको रहेछ,' पत्रमा लेखिएको छ, 'अनेकौं तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदित नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सर्वभौमसत्ताका विरुद्ध तपाईंले किन बोल्नुभएको हो ? यसबारे तीन दिनभित्र लिखित रुपमा स्पष्टीकरण दिनु होला ।'

प्रकाशित : भाद्र २७, २०८१ २०:१८
×