कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

लागूऔषध कारोबार आरोपमा रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

भाद्र २७, २०८१
लागूऔषध कारोबार आरोपमा रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

कास्की — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दिया फार्मेसीका संचालक ४८ वर्षीय श्रेष्ठलाई बिहीबार पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । गत साउन ३ गते पोखरा-२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताएका थिए । त्यसको आधारमा जिल्ला अदालतबाट अनुमति लिइ फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले बताए ।

रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आर्थिक लेनदेनको विवादमा परेपछि पार्टीले निस्कासन गरेको थियो ।

थापामगर रोल्पाको त्रिवेणी गाउँपालिका-७ घर भई हाल पोखरा-४ नालामुख बस्दै आएका छन् ।


प्रकाशित : भाद्र २७, २०८१ २०:५०
×