कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

अभिनेता विपिन कार्कीलाई मातृशोक

अभिनेता विपिन कार्कीलाई मातृशोक

काठमाडौँ — अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । मिर्गौलासम्बन्धी समस्याबाट जुधिरहेकी विपिनकी आमा सरस्वती कार्कीको उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो ।

७२ वर्षीया कार्कीलाई एक हप्तादेखि नै आईसीयूमा राखिएको थियो । आमालाई भेन्टिलेसनमा राखेको खबर पाउनसाथ विपिन छायांकनरत 'ऊनको स्विटर'को सेटबाट सीधै काठमाडौं आएका थिए ।

'छायांकनमा हुँदै आमालाई भेन्टिलेसनमा राखेको खबर आयो । त्यसपछि सुटिङ थाँती राखेर उहाँलाई काठमाडौं फर्कायौं । आमा आज बिहान ६ बजे बित्नुभयो,''ऊनको स्विटर'का निर्देशक नवीन चौहानले बताए । पशुपति आर्यघाटमा अहिले आमाको अन्तिम संस्कार भइरहेको चौहानले बताए ।

प्रकाशित : भाद्र ६, २०८१ १३:२१
x
×