कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

प्रधानमन्त्री ओलीले बिहीबार सांसदका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री ओलीले बिहीबार सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ — प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीले बिहीबार पहिलो पटक सांसदहरुका प्रश्नको जवाफ दिने भएका छन् । उनले बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले लिखित रुपमा सोधेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको हो ।

‘सरकारले आगामी दिनमा लिने नीति, कामको प्रभावकारिता र समसामयिक विषयमा प्रधानमन्त्रीज्यूले सांसदहरुको प्रश्नको जवाफ दिने तयारी छ,’ उनको सचिवालयको भन्यो, ‘सांसदहरुको प्रश्नको जवाफ तयार भइसहेको छ ।’

असार तेस्रो साता कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएपछि ओलीले सरकारको काम कारबाही र अन्य विषयमा केन्द्रित भएर सम्बोधन गर्न लागेका हुन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने परम्परा सुरु भएको थियो ।

त्यसकै निरन्तरता दिंदै बिहीबार संसद्‌मा सांसद –प्रधानमन्त्री प्रश्नोत्तर हुन लागेको हो ।

प्रकाशित : भाद्र ५, २०८१ २०:४४
x
×