कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जबर्जस्त प्रतिपक्षी नेता हुन सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाएर कमजोरी गर्‍यौँ : लेखक

जबर्जस्त प्रतिपक्षी नेता हुन सक्ने व्यक्तिलाई प्रधानमन्त्री बनाएर कमजोरी गर्‍यौँ : लेखक

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी दिनमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष कमजोर नहुने बताएका छन् । संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार गठन गर्दा प्रतिपक्ष भने कमजोर नहुने लेखकको भनाइ थियो । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विस्वासको मतको प्रस्तावमाथि छलफलमा सहभागी हुने क्रममा उक्त कुरा बताएका हुन् ।

'प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्रीले रोष्ट्रममा उभिँदा मैले प्रमुख प्रतिपक्षी दलको ठिक नेताको रूपमा देखिसक्या हुनाले अब सदनमा प्रतिपक्ष कमजोर हुन्न भन्ने लाग्छ,' लेखकले भने, 'ठिक मानिसलाई ठिक ठाउँमा नराखेर गल्ती भएछ कि भन्ने पनि लागेको छ । जबर्जस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजोअस्ति प्रतिपक्षलाई कमजोर गर्‍यौं कि !'

आगामी दिनमा प्रतिपक्ष बलियो नै हुने लेखकको भनाइ थियो । उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रमुख प्रतिपक्ष दलका सशक्त नेता हुने विश्वास रहेको बताए ।

कांग्रेस र एमाले मिलेर लोकतन्त्र कमजोर नहुने पनि लेखकको भनाइ थियो ।

प्रकाशित : असार २८, २०८१ १३:४२
x
×