कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लोकतन्त्रको धरोहरमाथि आक्रमण गर्नेले लोकतन्त्रकै दुहाई दिन आवश्यक छैन : कांग्रेस सांसद बजगाई

भाद्र २५, २०८१
लोकतन्त्रको धरोहरमाथि आक्रमण गर्नेले लोकतन्त्रकै दुहाई दिन आवश्यक छैन : कांग्रेस सांसद बजगाई

काठमाडौँ — कांग्रेस सांसद राजेन्द्र बजगाईले लोकतन्त्रको धरोहरमाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतन्त्रको दुहाई दिन आवश्यक नरहेको बताएका छन् । उनले पदीय आचारविरुद्ध काम गर्ने उपसभामुखलाई पद बस्न नमिल्ने कुरा उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकले मंगलबार प्रतिनिधिसभामा यस्तो गरिए लोकतन्त्र मर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको बजगाईले प्रतिवाद गरेका हुन् ।

'हाम्रो संसदमा उपस्थित नयाँ दलले डेमोक्रेसीको दुहाई दिँदैगर्दा त्यही दलले नेपालको एउटा ठूलो डेमोक्रेसीको धरोहर मिडियाको एमडीलाई थुन्यो । तत्‌ दलले सर्वसम्मत निर्णय गर्‍यो कि, त्यो थुन्नु ठीक थियो भनेर । अहिले यहाँ डेमोक्रेसीको कुरा उठाइएको छ,' सांसद बजगाईले भने,'उपसभामुखको गरिमा र आसनकोबारेमा उठ्यो । हामीले उहाँलाई सुसंस्कृत महिला र दिदीबहिनीको रुपमा हामीले कहिल्यै प्रश्न गरेनौं । तर नयाँ दलबाटै कुरा उठेपछि हामीले बोल्नुपर्ने अवस्था आयो ।'

प्रतिनिधि सभाको बैठकमा रास्वपाका प्रमुख सचेतक परियारले 'उपसभामुखमाथि महाभियोग प्रस्ताव लोकतन्त्रका लागि अमान्य रहेको बताएका थिए ।

प्रकाशित : भाद्र २५, २०८१ १९:२९
×