कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुर्गममा स्वास्थ्य पहुँचको अभावले ज्यान गुमाउन नपरोस् भन्दै पाँच दिनदेखि अनशनमा 

भाद्र २५, २०८१
दुर्गममा स्वास्थ्य पहुँचको अभावले ज्यान गुमाउन नपरोस् भन्दै पाँच दिनदेखि अनशनमा 

काठमाडौँ — दुर्गम क्षेत्रका नागरिकले स्वास्थ्य सुविधाको अभावमा ज्यान गुमाउन नपरोस् भन्दै काठमाडौंको शान्तिबाटिकामा एक युवा पाँच दिनदेखि अनशनमा बसेका छन् । 

दुर्गमका नागरिकलाई आपतकालीन उपचारको सुविधा उपलब्ध गराउन सरकारसँग दुईवटा एयर एम्बुलेन्सको व्यवस्था गर्न माग गर्दै तेह्रथुमका ४२ वर्षीय दीपक सिलवाल शुक्रबारदेखि अनशनमा बसेका हुन् ।

‘विकट क्षेत्रमा प्रसव पीडाले छट्पटिएका सुत्केरी आमा तथा दिदीबहिनीहरू र ज्यान जोखिममा रहेकाहरूको आपतकालीन उद्धार होस् भनेर सरकारको ध्यानाकर्षण गराउन अनशनमा बसेको हुँ,’ उनले भने, ‘आपतकालीन उद्धारका लागि राज्यले कम्तीमा दुईवटा एयर एम्बुलेन्सको व्यवस्था गरोस् भन्ने मेरो माग छ ।’

संवेदनशील अवस्थामा रहेका र समयमै स्वास्थ्य उपचार सेवा नपाएर दुर्गम क्षेत्रका नागरिकले ज्यान गुमाइरहेकाले यस्तो अवस्था नदोहोरिनका लागि अनशनमा उत्रिएको उनको भनाइ छ । यसका लागि सरकारले सबै नागरिकलाई समान पहुँच पुग्ने गरी एयर एम्बुलेन्सको माग गरेको उनले सुनाए ।

प्रकाशित : भाद्र २५, २०८१ १७:४४
×