कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

६१५ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ

सिन्धुली — सिन्धुली प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट ६१५ किलो गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको हो । 

६१५ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ

इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले चिसापानीस्थित थोले व्लोनको गोठमा उदयपुर कटारी–६ घर भई हालचिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिनलाई गाँजासहित पक्राउ गरेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

सिन्धुलीमा ३ वर्षयता नै ठूलो परिमाणमा गाँजा बरामद भएको हो । बरामद गाँजा र नियन्त्रण लिएको पाख्रिनको थप अनुसन्धान भइरहेको एसपी काफ्लेले जनाए ।

प्रकाशित : असार ९, २०८१ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×