कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

शहरी विकासमन्त्री बुढा र काठमाडौंका मेयर शाहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल

चैत्र २०, २०८०
शहरी विकासमन्त्री बुढा र काठमाडौंका मेयर शाहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौँ — शहरी विकास मन्त्री धनबहादुर बुढा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । मंगलबार मन्त्री बुढालाई भेट्न मेयर शाह सिंहदरबार पुगेका थिए । 

भेटमा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको छ ।तत्कालका लागि स्थानीयहरुको सरोकारलाई सम्बोधन हुने गरी बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्वोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।

मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडाबाट शुन्य फोहोर कार्यक्रम सुरु गर्न लागेको र मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । भेटमा मेयर शाहले बन्चरेडाँडास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए ।

मन्त्री बुढाले बञ्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न आफुले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधानमा काठमाडौं र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे ।

प्रकाशित : चैत्र २०, २०८० १६:३७
×