कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने पक्राउ

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले खोटाङ राहबेंसी गाउँपालिका-१ का ४० वर्षीय रमेशकुमार गुरुङलाई मंगलबार महाराजगन्जबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत महाराजगंज पठाइएको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

गुरुङले असार १३ गतेदेखि व्यवसायी प्रसाईंलाई आफू प्रवेश लामा भनेर फोन गरी ३० करोड रुपैयाँ फिरौती मागेको सीआईबीको भनाइ छ । प्रसाईंको हत्याको योजना बनिसकेको र त्यसबाट बच्नका ३० करोड चाहिन्छ भनेर उनले फोन गरेको सीआईबीले जनाएको छ ।

सीआईबीले घटनाबारे जानकारी दिँदै विज्ञप्तिमा भनेको छ, 'मिति२०८०।०३।१३ गते अ.१८:१२ बजेदेखि मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई प्रवेश लामाको नामबाट फोन गरी “हत्या गर्नको लागी योजना बनि सकेको, यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ, तपाईंको नाम २ नं.मा रहेको छ भन्दै अपहरण गरी हत्या गरी दिन्छु ” भनी फोन तथा पटक-पटक एसएमएससमेत गरी रु. ३०करोड रकम माग गरी फिरौती लिन आएको अवस्थामा मिति २०८०।०३।२६ गते रमेशकुमार गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारबाहीको लागि प्रहरी वृत्तमहाराजगन्ज पठाइएको व्यहोरा सूचित गरिन्छ । '

प्रकाशित : असार २६, २०८० १६:१४
×