कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

कलैया उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका साह र परविन निर्वाचित

कलैया उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका साह र परविन निर्वाचित

काठमाडौँ — बाराको कलैया उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका विनोदप्रसाद साह र रौशन परविन निर्वाचित भएका छन् । यहाँ एमालेले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । साहले नेपाली कांग्रेसका राजेश राय यादवलाई पराजित गरे । साहले २४ हजार १३९ मत प्राप्त गर्दा कांग्रेसका यादवले १८ हजार ५४० मत पाएका छन् ।

उपमेयरमा निर्वाचित परविनले १९ हजार २५१ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३०२ मत पाए । यहाँ गएको निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो ।

यसपटक पाँच दलीय सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा मेयरमा कांग्रेस र उपमेयरमा जसपाबाट उम्मेदवार थिए ।


प्रकाशित : जेष्ठ ६, २०७९ २०:०६
×