कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

मकवानपुरको भीमफेदीमा एमालेका लामा विजयी

जेष्ठ २, २०७९
मकवानपुरको भीमफेदीमा एमालेका लामा विजयी

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका प्रमुखमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार लामाले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् ।

एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गरी विजयी भए । माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भए । उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे । उपप्रमुखमा विजयी भएका श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गरे । रानाले ५ हजार २९९ मत प्राप्त गरिन् । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०४:०६
x
×