कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

व्यासका मेयर उम्मेदवार जोशीलाई थप उपचारका लागि पोखरा लगियो

वैशाख ३०, २०७९
व्यासका मेयर उम्मेदवार जोशीलाई थप उपचारका लागि पोखरा लगियो

Highlights

  • दुई वटा केन्द्रमा पुन: मतदान गराउन जोशी समूह र एमालेको माग

तनहुँ — तनहुँको व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । व्यास–८, स्थित साविक रिस्ती गाविस भवनको मतदान केन्द्रमा पुगेका जोशीमाथि आक्रमण भएपछि उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको थियो ।

दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि पोखरा लगिएको हो । काठमाडौं लैजाने भने पनि खराब मौसमका कारण हेलिकप्टर आउन नसक्दा जोशीलाई सडक मार्ग हुँदै पोखरा लगिएको छ ।

यस्तै, रिस्तीको मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीमाथि आक्रमण भएपछि नेकपा एमाले र गोविन्दराज जोशी समूहले रिस्तीमा पुन: मतदान गर्न माग गरेका छन् ।

नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समूहका तर्फबाट हरिशरण पण्डितले शुक्रबार साँझ प्रेस विज्ञप्ति सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रक्रिया स्थगन गरी पुन: भयरहित वातावरणमा मतदान गर्न माग गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७९ २०:०३
x
×