कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

नेपाली पाठशाला र समाजमा नयाँ नेतृत्व

भाद्र ११, २०८१
नेपाली पाठशाला र समाजमा नयाँ नेतृत्व

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा रहेको नेपालीहरुको संगठन नेपाली पाठशाला तथा एडिलेड नेपाली समाजमा नयाँ नेतृत्व चुनिएको छ । पाठशालाले बिना धमलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो भने समाज पाठशाला तथा समाजले केही दिनअघि नयाँ नेतृत्व चयन गरेको हो ।

पाठशालाको नयाँ कार्यसमितिमा उपाध्यक्षमा देवेन्द्र खरेल, सचिव शशी पोखरेल, कोषाध्यक्ष प्रमोद रिमाल तथा पाठशालाको प्राचार्यमा चन्द्रमणि पाण्डे चुनिएका छन् ।

समितिको सदस्यहरुमा सपना बास्कोटा, सुधा सुवेदी, सुशीला लामिछाने, अनिता लम्साल, विष्णु पौडेल, निता निरौला, प्रतिक्षा खतिवडा र अमृता खरेल रहेका छन् । ७५ भन्दा बढी नेपाली विद्यार्थीलाई नेपाली भाषा तथा कलासंस्कृतिसम्बन्धी शिक्षा दिँदै आएको पाठशालाले विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसैगरी दक्षिण अस्ट्रेलियामा नेपालीको सबैभन्दा पुरानोमध्येको संस्था एडिलेड नेपाली समाजले श्याम दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमिति उपाध्यक्षमा पत्रकार बालगोपाल उपाध्याय चुनिएका छन् भने सचिवमा सागर श्रेष्ठ, उपसचिव जीवन भट्टराई, कोषाध्यक्ष आनन्द बखरेल तथा सदस्यहरुमा पत्रकार विकास पौडेल (उदास), सुरेन्द्र रेग्मी, देवराज कँडेल, सुर्य आचार्य, आरके शर्मा, गणेश पराजुली, लक्ष्मी सापकोटा, सन्दीप बस्नेत, सुधा सापकोटा, दीपा दहाल, श्यामकृष्ण बोहोरा, पुस्कर कोइराला, विकास पौडेल र पुष्पा बञ्जाडे रहेका छन् । संस्थाले सञ्चालन गर्ने नेपाली पाठशालाको प्राचार्यमा एलिजा ढकाल छानिएकी छिन् ।

प्रकाशित : भाद्र ११, २०८१ १६:४२
x
×