कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

असोजका लागि घट्यो निक्षेपको ब्याजदर

भाद्र ३१, २०८१
असोजका लागि घट्यो निक्षेपको ब्याजदर

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि निक्षेपका ब्याजदर घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले निक्षेपको ब्याजदर झनै घटाएका हुन् । वासणज्य बैंकले प्रकाशित गरेको भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको निक्षेपको ब्याजदर औसत ०.०७ प्रतिशत विन्दुले घटेको छ ।

भदौमा बैंकहरुको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर औसत ६.४७ प्रतिशत थियो । असोजमा यस्तो ब्याजदर घटेर औसत ६.४ प्रतिशत कायम भएको छ ।

बैंकहरूको औसत ब्याजदर घटेपनि चार वटा बैंकले भने निक्षेपका ब्याजदर सामान्य बढाएका छन् । ब्याज बढाउने बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम, कृषि विकास र नेपाल बैंक छन् ।

आठ वटा बैंकहरुले भने निक्षेपको ब्याजदर घटाएका छन् । बाँकी ८ वटा बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । मुद्दती निक्षेपको ब्याजदर घटेसँगै साधारण बचतको ब्याजदर घटेको हो ।

प्रकाशित : भाद्र ३१, २०८१ ११:२५
x
×