कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

चोभारको पुष्प तथा फलफूलको थोक बजार निर्माण दसैँसम्म पूरा गर्न कृषिमन्त्रीको निर्देशन

भाद्र २१, २०८१
चोभारको पुष्प तथा फलफूलको थोक बजार निर्माण दसैँसम्म पूरा गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दसैँसम्म पूरा गर्न निर्देशन दिएका छन् । 

शुक्रबार काठमाडौंको चोभारस्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निरीक्षण गर्न पुगेका मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन् । उनले बजार निर्माण कम्पनीले निर्माण गर्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिए ।

मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समेत बताए । उनले सम्झौता अनुसार काम नसकिए कानून अनुसार कारबाही हुने भन्दै विगतमा के भयो भन्दा पनि अब दशैँभन्दा अघि भवन सरकारलाई हस्तान्तरण गर्ने गरी काम गर्न निर्देशन दिए।

उनले भने, ‘मन्त्रालयको तर्फबाट हेर्छौं । चाँडो भन्दा चाँडो भवन हस्तान्तरण हुुनुपर्छ । अब ढिला हुँदैन भन्ने विश्वासमा जाऔं । विगतमा के भयो कुरा नगरौं । यो दशैँसम्ममा भवन उद्घाटन गर्नुपर्छ । हामी कोही हल्लाको पछाडि नलागौं । कृषि मन्त्रालयको जमिन हो । मन्त्रालयले आफ्नो मन्त्रालय अन्तरर्गत केका लागि विगतमा ठेक्का लगाएको थियो । त्यही अनुसार काम हुन्छ ।’

चोभारमा पुष्प तथा फलफूलको थोक बजार बनाउन २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी करिव ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । तर भवनको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।

प्रकाशित : भाद्र २१, २०८१ १९:११
x
×