कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको असोजदेखि निर्माण सुरू हुने

भाद्र १७, २०८१
ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको असोजदेखि निर्माण सुरू हुने

काठमाडौँ — एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो । 

यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । प्रस्तावित जलविद्युत् आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ ताँदीमा निर्माण हुनेछ ।

यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ । यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० वैशाखमा तयार भएको हो । यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो ।

प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ । यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।

यो जलविद्युत् आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ । २०८४वैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ ।

प्रकाशित : भाद्र १७, २०८१ १८:१०
x
×