कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

नेप्से १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

भाद्र १७, २०८१
नेप्से १२७ अंकले बढ्यो, १३ अर्बको कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२७.३२ अंकले बढेर २ हजार ८ सय २३.२५ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४.७२ प्रतिशतले बढेको हो ।

सोमबार कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्यो र ५ वटाको घट्यो ।

उक्त दिन १ लाख ६० हजार ५ सय ७९ वटा कारोबारबाट ३ करोड १४ लाख ३० हजार ४८ वटा कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब १० करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।

उक्त दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

प्रकाशित : भाद्र १७, २०८१ १५:४३
x
×