कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

विद्युत् व्यापारको पहिलो सम्भावना भारत नै हो : पूर्वउर्जामन्त्री पुन

भाद्र ११, २०८१
विद्युत् व्यापारको पहिलो सम्भावना भारत नै हो : पूर्वउर्जामन्त्री पुन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत् व्यापारको पहिलो सम्भावना भारत रहेको बताएका छन् ।

मंगलबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए ।

‘विद्युत् व्यापारको सम्भावना भारत नै हो । त्यसपछि दोस्रो सम्भावना भनेको बंगलादेश नै हो । बंगलादेश असाध्यै सम्भावना थियो । तर अबको भूराजनीतिक स्थिति के हुन्छ थाहा छैन । पहिला भारतसँग सहकार्य राम्रो गरेको सरकार थियो र राम्रै थियो । अब त्यति सजिलो हुन्छ की हुँदैन थाहा छैन । हामीले त्यो पनि हेर्नुपर्छ,’ उनले भने ।

बंगलादेशमा विद्युत् निर्यातका लागि अबको भूराजनीतिक अवस्थाले पनि प्रभाव पार्ने उनको भनाइ थियो । उनले वर्तमान सरकारले भारतलाई हेर्ने दृष्टिकोणका आधारमा नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने बताए । विगतको बंगलादेशको सरकार र भारतको सम्बन्ध राम्रो रहेको तर अहिलेको सरकारले भारतसँग कस्तो सम्बन्ध राख्छ भन्ने कुराले ट्रान्समिसन लाइनका लागि बाटो दिने वा नदिने भन्ने बारेमा महत्व राख्ने बताए ।

उपमहासचिव पुनले विद्युत् विधेयकमा प्रतिपक्ष र सत्तापक्ष भन्ने भन्दा पनि आवश्यक मागहरु सम्बोधन गर्नेकगरी काम गर्नुपर्ने बताए ।

प्रकाशित : भाद्र ११, २०८१ १६:५८
x
×