कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

साउनमा मात्रै पौने १ खर्बको आयात, पौने १२ अर्बको निर्यात

साउनमा मात्रै पौने १ खर्बको आयात, पौने १२ अर्बको निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको साउनको महिनामा १ खर्ब २८ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । सोही अवधिमा १२ अर्ब २२ करोड रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ९.६३ प्रतिशतले घटेको छ भने आयातमा शून्य दशमलव ६७ प्रतिशतले कमि आएको हो । निर्यात घटेसँगै व्यापार घाटा पनि शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउनमा व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ थियो ।चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ छ । विभागका अनुसार व्यापारमा आयातको हिस्सा ९१.३० प्रतिशत छ भने निर्यातको हिस्सा ८.७० प्रतिशत छ ।

विभागका अनुसार साउनमा मात्रै २१ अर्ब ६६ करोड ९० लाख रुपैयाँ पेट्रोलियम पदार्थ, बिटुमिन, खनिज तेललगायत वस्तु आयात भएको छ । साउनमा ६ अर्ब १८ करोड रुपैयाँको रासयनिक मल आयात गरिएको विभागको तथ्यांक छ ।

निर्यात हुने प्रमुख वस्तुमा १ अर्ब १७ करोड रुपैयाँको गलैंचा, १ अर्ब १० करोड रुपैयाँको फलाम तथा स्टिल, ९४ करोड २१ लाख रुपैयाँको चिया, कफि तथा अन्य मसलाजन्य वस्तु, ९१ करोड ४३ लाख रुपैयाँको हातले बनाएको धागो निर्यात भएको विभागको तथ्यांक छ ।

प्रकाशित : भाद्र ८, २०८१ १४:२५
x
×