कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’को बक्यौतामा छुट दिन्नाैं : प्रधानमन्त्री ओली

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’को बक्यौतामा छुट दिन्नाैं : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ बक्यौतामा छुट नदिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले विद्युत्‌को महसुल असुल गर्ने विषयमा कुनै छुट नदिने बताएका हुन् । 

'म स्पष्ट भन्न चाहन्छु कुनै रकममा कहीं उपयोग गरेका विद्युत्को‌ महसुल असुल गर्ने कुरामा कुनै छुट दिइने छैन,' उनले भने, 'कारण, अकारण त अलिकति होला तर अनुपयुक्त ढंगले जसरी विद्युत् काटियो, उद्योगलाई दिइरहेको विद्युत् उत्पादनमा कमी भयो, मजदुरहरू त्यत्तिकै बसे । उत्पादन नभएपछि सप्लाइ नहुने भयो ।'

प्रधानमन्त्री ओलीले उद्योग चलाएर नै बक्यौता असुल गर्ने बताएका छन् । 'बक्यौता हामी उठाउँछौं छोड्दैनौं तर उद्योग बन्द गरेर होइन चलाएरै, उद्योग बन्द गरेर बक्यौता उठ्छ भन्ने होइन, गलत हो,' उनले भने, 'उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार बन्द हुन्छ । त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ । उत्पादन घट्छ व्यापार घाटा बढ्छ । यी सबै कुरा ध्यान दिनुपर्दैन ?'

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले सरकारको दबाबमा बिजुली जोडे पनि प्रधानमन्त्री ‌ओलीले सरकारले सुझावमात्रै दिएको बताएका छन् । 'बाहिर सरकार र विद्युत् प्राधिकरणबीच मतभेद भनेर हल्ला चलाइएको छ, त्यस्तो मतभेद छैन,' उनले भने, 'विद्युत् प्राधिकरणलाई सरकारले यसो गरे होला भनेर सुझाव दियो । उहाँहरूले आफै निर्णय गर्नुभयो, आफै लाइन जोड्नुभयो । सरकारले गएर जोडिदिएको होइन ।'

प्रकाशित : भाद्र ६, २०८१ १७:०७
x
×