कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

३० भन्दाबढी आयोजनाको आईपीओ रोकिँदा धेरै समस्या छ : अध्यक्ष कार्की 

३० भन्दाबढी आयोजनाको आईपीओ रोकिँदा धेरै समस्या छ : अध्यक्ष कार्की 

काठमाडौँ — स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दाबढी आयोजनाहरुको आईपीओ धिताेपत्र बोर्डमा रोकिँदा समस्या भएको बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । 

उनले पछिल्लो समय शेयरमार्फत जलविद्युत्‌मा नेपालभित्र लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । 'विगत १४ महिना भन्दा बढी ३० भन्दा बढी आयोजनाहरु नेपाल धिताेपत्र बोर्डमा रोकिएको छ,' उनले भने, 'जलविद्युत् आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएका हुन्छौं । आईपीओबाट पनि आउन सकेन र इकुटी हालेर पनि आयोजनाहरु अगाडि लैजान सकिएको छैन ।'

जलविद्युत् आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाए पनि आईपीओ रोकिँदा आयोजना आयोजनाहरु समस्यामा परेको उनले बताए । अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिब ४५ लाख बढी नेपालीहरुले जलविद्युत्‌को सेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको पनि बताए ।

उनले जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु आइरहेको पनि कार्कीले बताए । विद्युत् विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने बताउँदै विधेयकले जलविद्युत् विकास गर्ने तर नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए ।

प्रकाशित : भाद्र ५, २०८१ २०:२४
x
×