कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

औसत मूल्यवृद्धि ५.४४ प्रतिशत, मरमसला सबैभन्दा महँगो

औसत मूल्यवृद्धि ५.४४ प्रतिशत, मरमसला सबैभन्दा महँगो

काठमाडौँ — आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५.४४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । तर, गत असारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.५७ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार महिनामा यस्तो मूल्य वृद्धिदर ७.४४ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४०, दाल तथा गेडागुडीको ९.९६, चिनी तथा चिनीजन्य वस्तुको ९.८७, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ र तरकारीहरूको ८.२९ प्रतिशतले बढेको छ । सोही अवधिमा घ्यू तथा तेल उपसमूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ११.३८, मनोरञ्जन तथा संस्कृतिको १०.९६, शिक्षाको ७.७३, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७५ र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । तर, सोही अवधिमा यातायात उप–समूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको जनाइएको छ ।

प्रकाशित : भाद्र २, २०८१ १४:३७
x
×