कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नेप्सेमा साढे ३४ अंकको गिरावट, पौने २९ अर्बको कारोबार

नेप्सेमा साढे ३४ अंकको गिरावट, पौने २९ अर्बको कारोबार

काठमाडौँ — आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३४.४७ अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा १.१४ प्रतिशतले घटेर समग्र नेप्से परिसूचक २ हजार ९ सय ६६.३३ विन्दुमा ओर्लेको छ ।

गत मंगलबार ८.१८ अंकले घटेको नेप्से बुधबार र बिहीबार क्रमशः ३४ र ४३ अंकले बढेका थिए । निरन्तर बढेको बजारमा आइतबार करेक्सन भएको जानकारहरुको विश्लेषण छ ।

आइतबार कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटाको घटे । ३ लाख ९ सय १८ वटा कारोबारबाट ६ करोड ५४ लाख ७५ हजार ३ सय ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाा बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, जीवन बिमा, सामुहिक लगानी कोष र निर्जीवन बिमा बाहेक सबैको परिसूचक घटे ।

प्रकाशित : भाद्र २, २०८१ १५:४६
x
×