१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रकाश बराल

प्रकाश बरालका लेखहरु :

कान्छीमाया तामाङ फाउण्डेसनद्वारा नगरपालिकालाई एम्बुलेन्स

कान्छीमाया तामाङ फाउण्डेसनले गलकोट नगरपालिकामा एम्बुलेन्स सहयोग गरेको छ । फाउण्डेसनका संस्थापक डा. दिलबहादुर तामाङले नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपतिसँग याेजना माग्दै मन्त्री-सांसद

नेपालको संविधानले राष्ट्रपतिलाई संवैधानिक भूमिकाका मात्रै राखेकाे छ । कार्यकारी अधिकार मन्त्रिपरिषद् र सार्वभौम सत्ता सम्पन्न संसद्‍मा छ । तर संघीय संसद्‍मा सदस्य, पूर्वमन्त्रीदेखि प्रदेश सरकारका बहालवाला मन्त्रीसमेतले राष्ट्रपतिसँग विकासका याेजना माग गरेका छन् ।

घरबाटै हराएका ४३ जना भेटिएनन्

गलकोटका ६३ वर्षीय लोकबहादुर केसी २०७६ असार ३ गते एकाएक घरबाटै हराए । केसी बेपत्ता भएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरे । छिमेकी, आफन्त र प्रहरीले धेरै खाेजी गर्दा पनि केसीको पत्ता लगाउन सकेको छैन ।

किवी र टिमुर खेती गरेर बर्सेनि १० लाख कमाइ 

निसीखोला गाउँपालिका वडा नम्बर ४ का लीलाबहादुर घर्तीले पाखोबारीमा टिमुर र किवी लगाएर वर्षमा १० लाख कमाउने गरेका छन् । गाउँलेहरु बसाइ सरेर रित्तिन लागेको थापागाउँमा उनले भने व्यवसायिक खेती गरिरहेका छन् ।

निर्माण सामाग्री उत्खनन् खुलाउन व्यवसायीको माग

सर्वोच्च अदालतले दुई वर्षदेखि कालीगण्डकी नदीमा ढुंगा, गिटी र बालुवा उत्खनन्मा रोक लगाएको छ । उत्खनन् रोकिँदा निर्माण क्षेत्रमा आवश्यक कच्चापदार्थ अभाव छ । चोरी निकासी गर्नेले नदी दोहन गरिरहेका छन् । दोहनबाट निकालेको सामाग्री महँगोमा बिक्री हुन्छ । 

बागलुङमा लक्ष्यको १० प्रतिशत कम राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय बागलुङले लक्ष्यको १० प्रतिशत कम मात्रै राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कार्यालयले १ अर्ब ५ करोड ५१ लाख राजश्व संकलन गर्ने लक्ष्य बनाएकोमा असार मसान्तसम्म ९५ करोड ३१ लाख रुपैयाँ मात्रै संकलन गर्न सकेको हो ।

बागलुङ नगरको बजेट १ अर्ब ३३

बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१का लागि १ अर्ब ३३ करोडको बजेट ल्याएको छ । उपप्रमुख राजु खड्काले आइतबार नगरसभाको बैठकमा उक्त बजेट पेश गरेका हुन् । नेपाल सरकारको वित्तीय समानीकरण तर्फ १५ करोड ८५ लाख, राजश्व बाँडफाँड तर्फ १२ करोड ३४ लाख, सशर्त अनुदान तर्फ ७१ करोड २६ लाख र समपुरक अनुदान तर्फ १ करोड ८५ लाख आय अनुमान गरिएको छ । 

कालीगण्डकी करिडोर : चौडा पारियो तर गाडी गुडेनन्

नेपाली सेनाले कालीगण्डकी करिडोरको मालढुंगादेखि रिडीसम्मको ७८ किमी खण्ड असार २३ गते सडक विभागलाई हस्तान्तरण गर्‍यो । सेनाले आठ वर्ष लगाएर बनाएको सडक हस्तान्तरण हुँदाकै दिन पनि यहाँ सवारी चल्न भने सकेनन् । कार्यक्रममा निम्त्याइएका प्रशासक र सैनिक अधिकारी पैदलै गए । 

गर्भवतीलाई प्रतीक्षाघर

छरिएका बस्ती । बस्तीबाट टाढा स्वास्थ्यचौकी । निसीखोला गाउँपालिका–३ बोहोरागाउँकी रामकुमारी विकलाई स्वास्थ्यचौकी आइपुग्न ४ घण्टा लाग्थ्यो । सुत्केरी बेथाले च्यापेपछि आउन निकै कठिन थियो । तीन वर्षअघि पहिलो बच्चा जन्माउँदा एक सातासम्म होटलमा बसेकी थिइन् । 

कोरोना परीक्षणको दायरा बढाउन उच्च अदालतको आन्तरिम आदेश

उच्च अदालत पोखरा, बागलुङ इजलासले धौलागिरि क्षेत्रका सबै नगर र गाउँपालिकालाई कोभिड नियन्त्रण गर्न परीक्षणको दायरा बढाउन आदेश दिएको छ ।