युग पाठक

युग पाठकका लेखहरु :

जीवनको दारुण नक्सा

सरकारी मूर्खताको दर्शक भैरहँदा गान्धीजीका तीन बाँदरको याद आउँछ । गान्धीजीका तीन बाँदरले दुष्ट कुरा नसुन्न, नबोल्न र नहेर्न क्रमशः कान, मुख र आँखा छोप्छन् ।

स्थिरता र अस्थिरताको भाष्य

अक्सर शासकहरू संकटको मौका छोपेर अधिनायक हुने कसरत गर्छन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि कोरोना विश्वव्याधिको संकटलाई अधिनायकवादी अभीष्ट पूरा गर्ने साधन बनाउन खोजे । राष्ट्रपतिलाई समेत मतियार बनाएर रातारात अध्यादेश ल्याए । एक सांसदको ‘अपहरण’ गराइयो, केही सांसदलाई पाँचतारे होटेलमा थुनियो र समाजवादी पार्टी फुटाउने षड्यन्त्र गरियो ।

विश्वव्याधिसँग खेलाँची

खेलाँची गर्दागर्दै युरोप र अमेरिका कोरोना भाइरस विश्वव्याधिको चपेटामा परे । हामी पनि तीन हप्तादेखि लकडाउन भोगिरहेका छौं । ओली सरकार भन्छ— कोरोना नियन्त्रणमा हामी विश्वमै उत्कृष्ट छौं ।

फुर्सदमा पढ्ने खुराक

कोरोना महामारीले सबैको दिमाग कब्जा गरेको छ । त्रास आफैंमा चहकिलो हुन्छ तर सबै ध्यान यसले खिँचेर राखिदिन्छ । मुलुक लकडाउनमा छ, हामी सबै घरभित्र बस्न बाध्य छौं ।

ओलीतन्त्रको प्रतिगमन उत्सव

मिडियाले ‘उनी’ लेखेको उनलाई मन पर्दैन । फगत चाकरी, चाप्लुसी र हनुमानचालिसा मन पर्छ । पराक्रमको भाषण फ्लप भयो, त्यसैले नैतिकताको भाषण मन पर्छ । ‘लुट्न सके लुट्’ बोलको गीत अश्लील लाग्छ, तर आफ्नै किचेन क्याबिनेटको ‘लुट’ बिलकुल श्लील । गणतन्त्र मन पर्दैन, त्यसैले राजसी ठाँट मन पर्छ ।

वैदेशिक सहायताको सत्ता र एमसीसी

एमसीसीले मुलुकमा रोचक बहस उब्जाएको छ । त्यसो त सरकार जसरी पनि संसदबाट यो अमेरिकी परियोजना पारित गर्ने पक्षमा छ । प्रतिपक्षी कांग्रेसलाई त झनै हतारो छ । त्यसैले संसदको समीकरण एमसीसीका लागि अनुकूल छ ।