तपाईं–हाम्रा निजी सूचना डलर खर्बपतिहरूले पलपल संकलन गर्ने कच्चा पदार्थ हुन्, तपाईं–हाम्रो अस्तित्व उनीहरूका लागि केवल सूचना बिन्दु (डेटा प्वाइन्ट) हो, झिल्के स्क्रिनमा हामीले बिताउने समय अर्थात् हाम्रो उमेरको हिस्सा ती प्रभुत्वशाली खर्बपतिको ढुकुटीमा थुप्रिरहेको हुन्छ
कोमामा गएको संविधान ब्युँझाउन र राजनीतिलाई लिकमा फर्काउन पनि निर्वाचन त हुनैपर्यो । तर भविष्यको गर्भमा लुकेका तमाम संकटहरू विस्फोट हुन नदिने र समाजलाई हाइपोथेसिस–प्रयोग–सिर्जना र सिकाइको उत्साहमा फर्काउने हो भने विश्वव्यापी र नेपालको आफ्नै वैचारिक संकटसँग पौंठेजोरी खेल्नैपर्छ ।
जंगीअड्डा लोकतन्त्रको आँगन होइन र हुन सक्दैन । बन्दुकको घेरामा जनताले स्वतन्त्रता र सार्वभौमसत्ताको अभ्यास गर्न सक्दैनन् । त्यसैगरी जेन–जी वार्ताकारहरूले पनि जंगीअड्डामा विद्रोहको सार्वभौमसत्ता अभ्यास गर्न सक्दैनन् । अनि, यो विद्रोहको सार्वभौमसत्ता यतिखेर सम्पूर्ण जनताको सार्वभौमसत्तासँग अन्योन्याश्रित ढंगले जोडिएको छ ।
प्रकृतिसँग मानव जीवनको धागो जोडिएको छ र त्यो धागोको मुख्य धारा नै कृषि हो । त्यही कृषि नेपालमा संकटग्रस्त छ ।
अरब, मलेसिया, कोरियामा कमाएको पैसा पनि पखेटा हालेर उतै उडिरहेको छ, र भविष्यमा आइपर्ने भीषण संकटका निम्ति हाम्रो तयारी शून्य छ। जसरी हामी उलार भएको टाँगामा बसेर मग्नमस्त छौं, त्यसैगरी हाम्रो राज्य र राजनीति पनि अन्धाधुन्ध जहाज हाँकेर गन्तव्यमा पुग्ने स्वांग रचिरहेछ।
आखिर के बनाएपछि देश बन्छ ? टावर ? सडक ? रेल ? सिसमहल ? वास्तवमा कसले बनाइदिन्छ त देश ? स्पाइडरम्यान, सुपरम्यान, ब्याटम्यान वा कुनै ट्रम्प–अवतारले ?
राजनीतिक दैनिकीमा उथलपुथलको प्राणप्रतिष्ठा हुनै सकेन । जनजीवनमा परिवर्तनको प्राण पानीमा तेल तैरिए जस्तो तैरिरहेको छ, घुलेको छैन
जनता गणतन्त्रवादी नै छन्, जनता त जुनसुकै रूपरङको राजा खारेज गर्न पो कस्सिएका हुन्, बरु तपाईंहरूले पृथ्वीपथलाई यसरी बल्झाइदिनुभयो कि राजावादीहरू पनि झुक्किए, उनीहरूलाई आफ्नै दिन फर्किएर आएजस्तो लाग्यो