आफ्नै देश बस्नुभन्दा विदेशिनु बढी तर्कसंगत निर्णय बन्न थाल्छ भने त्यो युवाको असफलता होइन, राज्यको हो । देश–प्रेम छोटामीठा भाषणले उत्पन्न हुँदैन– त्यसलाई न्यायपूर्ण संस्था, विश्वसनीय शासन, सम्मानजनक रोजगारी र भविष्यप्रतिको आशाले टिकाइराख्छ ।
सञ्चारमाध्यम, व्यवसाय र राजनीतिबीचको सीमारेखा धमिलो बन्दै छ । समाचार संस्था अब केवल सार्वजनिक सेवाका वाहक रहेनन्– ती प्रतिस्पर्धात्मक बजारभित्र सञ्चालन हुने नाफामुखी उद्यम पनि बनेका छन् ।
धर्मनिरपेक्ष संविधानअनुसार जनअभिमत बटुलेर प्रधानमन्त्री भएको व्यक्तिले राज्यको स्रोत प्रयोगसहित गरेको धार्मिक अनुष्ठानजस्तो शपथ ग्रहणबारे उनलाई भोट दिने गैरहिन्दुले कसरी बुझ्ने ?
नेपालमा जेन–जीको राजनीतिक उभार केवल युवाको आवेग होइन– शक्ति, नैतिकता र राजनीतिक कल्पनाको पुनःसंरचना पनि हो, नयाा परिवर्तन क्रान्तिकारी उथलपुथलभन्दा पनि पुस्तागत पुनः सन्तुलन हो, पुरानो राजनीतिक आधार पूर्ण रूपमा भत्काउने होइन, त्यसलाई नयाा अपेक्षा र नयाा ऊर्जासाग मिलाएर पुनर्परिभाषित गर्ने प्रक्रिया हुनुपर्छ ।
गफगाफ, धर्म, जात र लैंगिकता मिलेर नेपालीको दैनिक बोलीचालीमा एउटा सघन नैतिक धरातल निर्माण भइरहेको छ । शक्ति, विश्वास र पहिचान ‘ठूला’ संस्थामा मात्रै होइन, चिया पिउँदै गरिने सामान्य कुराकानीमा पनि जीवित रहन्छन् ।
सामूहिक कल्पना, राजनीतिक दृष्टि र सामाजिक रुपान्तरणको मेरुदण्ड जस्तै रहेको विचार-निर्माणको असली प्रक्रिया आज अस्थिर, टुक्रिएको र सतही बन्दै छ, नेपाल भावनात्मक रुपमा उत्तेजित र बौद्धिक रुपमा खाली समाज बनेको छ।
यदि हरेक चुनाव स्पष्ट दृष्टिकोण र तर्कपूर्ण बहसले होइन, विपक्षीलाई गाली र लाञ्छनाको खतरनाक हतियारमार्फत जितिन्छ भने लोकतन्त्र अन्ततः कटु वाक्युद्धको अवस्थामै सीमित हुने खतरा रहन्छ ।
सम्बन्ध बिग्रनुका तीन मुख्य कारण जात, वर्ग र पितृसत्ताको हैकम हुन् । यी तीनै कुरालाई माओवादी विद्रोहले तीव्र रूपमा परिवर्तन गर्न चाहेको थियो । तर लडाकु घर फर्किएपछि जातभातको पुनरागमन हुनु तथा श्रीमान् र श्रीमतीको वर्गमा निकै ठूलो खाडल हुनु ‘डिभोर्स’ का प्रमुख कारण देखिन्छन् ।