कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नेपाल जेसीजद्वारा ६ हजार युवालाई नेतृत्व विकास तालिम 

आश्विन १, २०८१
नेपाल जेसीजद्वारा ६ हजार युवालाई नेतृत्व विकास तालिम 

काठमाडौँ — युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासका लागि क्रियाशिल नेपाल जेसीज स्थापनाको ६० वर्षमा प्रवेश गरेको छ । स्थापनाको अवसरमा जेसीजले करिब ६ हजार सदस्यलाई तालिम प्रदान गरेको छ ।

नेपाली जेसीजका अध्यक्ष रविन पोख्रेलका अनुसार एक सय ७८ वटै शाखाका युवाहरूलाई नेतृत्व विकाससहित सकारात्मक सोचका विषयमा तालिम प्रदान गरिएको हो । तालिमले युवाको नेतृत्व क्षमता विकास गर्न र उनीहरूमा रहेको विभिन्न प्रतिभालाई प्रस्फुटन गराउनका निकै सहयोगी भूमिका खेल्ने पोख्रेलको भनाइ छ ।

‘जेसीजले सदस्यहरूलाई विभिन्न तालिम संचालन गरी आफू बस्ने समाजप्रति दायित्वबोध गराई समाज र राष्ट्रको विकासमा सहभागी गराउादै आएको छ । त्यसका लागि तालिम निकै उपयोगी देखिएको छ,’ उनले भने ।

सन् १९६४ मा डा. भेष बहादुर थापाले नेपाल जेसीजको स्थापना गरेका थिए ।

प्रकाशित : आश्विन १, २०८१ २०:२७
x
×