कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

अमेरिकी राष्ट्रपति चुनाव : केनेडी दौडबाट अलग, ट्रम्पलाई समर्थन 

भाद्र ८, २०८१
अमेरिकी राष्ट्रपति चुनाव : केनेडी दौडबाट अलग, ट्रम्पलाई समर्थन 

Highlights

  • कुनै बेला १४ देखि १६ प्रतिशत मतदातको समर्थन जुटाएका केनेडीको लोकप्रियता कमला हृयारिसको उम्मेदवारीसँगै घटेको थियो 

फोनिक्स, एरिजाेना — अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइटहाउसको दौडमा रहेका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरले रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् । नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावी दौडबाट अलग भएलगत्तै उनी एरिजोनामा आयोजित ट्रम्पको र्‍यालीमा सहभागी भएका छन् । 

जीवनको लामो समय डेमोक्रेटिक दलमा आबद्ध केनेडी परिवारका ७० वर्षीय रोबर्ट जुनियरले पार्टी सिद्धान्तका कारण डेमोक्रेटिक दल छाड्न प्रेरित गरेको र ट्रम्पलाई समर्थन गर्न बाध्य पारेको दाबी गरे ।

एरिजोनको र्‍यालीका रोबर्ट जुनियरले बोल्नुअघि ट्रम्पले आफू निर्वाचित भएमा अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको १९६३ मा भएको हत्यासँग सम्बन्धित सबै बाँकी कागजातहरू सार्वजनिक गर्ने बताए । अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिज रोबर्ट जुनियर सिनेटर रोबर्ट अफ केनेडीका छोरा हुन् । सिनेटर रोबर्टको १९६८ मा हत्या भको थियो ।

पछि क्यालिफोर्नियाको ग्लेन्डेलमा आयोजित र्‍यालीका क्रममा ट्रम्पले रोबर्ट जुनियर एक ‘अभूतपूर्व’ र ‘उज्ज्वल’ राजनीतिज्ञ भएको भन्दै प्रशंसासमेत गरेका छन् । तर डेमोक्रेटिक दलका तर्फबाट राष्ट्रपतिकी प्रत्यासी कमला हृयारिसले भने केनेडीका मतदाताहरूको समर्थन ‘आर्जन’ गर्ने प्रयास गर्ने बताएकी छन् ।

राष्ट्रपतीय चुनावको तिथि नजिकिँदै गर्दा रोबर्ट जुनियरको चुनावी अभियान कमजोर बन्दै गएको थियो । जसका कारण उनीप्रति मतदातको समर्थन ह्वात्तै घटेको थियो । तर उनले रिपब्लिकन उम्मेदवार ट्रम्पलाई गरेको समर्थनले भने समर्थक तथा आफन्त भन आक्रोशित बनेका छन् ।

बहिनी केरी केनेडीले रोबर्ट जुनियरले ट्रम्पलाई समर्थन गरेर बुबा र केनेडी परिवारले सबैभन्दा प्रिय मान्ने मूल्यमान्यतालाई धोका दिएको बताइन् । ‘यो एउटा दुखद कथाको दुखद अन्त्य हो,’ उनले भनेकी छिन् ।

तर रोबर्ट जुनियरले ‘रुससँग वार्ता गरेर युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको वाचाले नै उनलाई आफूले गरेको समर्थनको औचित्य प्रमाणित हुने’ दाबी गरेका छन् । ‘अझै पनि धेरै मुद्दा र दृष्टिकोणहरू छन्, जसमा हामी दुईजनाबीच गम्भीर मतभेद छन् । तर हामी अन्य मुख्य मुद्दामा भने एक भएका छौं,’ उनले भनेका छन् ।

रोबर्ट जुनियरले आफ्ना कारण ट्रम्पलाई बिगार्ने १० राज्यबाट आफ्नो नाम हटाउने बताएका छन् । यसअघि उनले निकै प्रतिस्पर्धात्मक ठानिउका एरिजोना र पेन्सलभेनिया राज्यबाट नाम फिर्ता लिइसकेका छन् । तर निर्वाचन अधिकारीहरूका अनुसार उनी मिसिगन, नेभादा र विस्कन्सिन लगायतका ‘स्विङ स्टेट’ बाट बाहिर निस्कन ढिलो भइसकेको छ ।

२०२३ अगस्टमा राष्ट्रपतीय अभियान सुरू गर्दै रोबर्ट जुनियरले ‘डेमोक्रेटको हैसियतमा मेरा बुबा, मेरा काका...संविधानका च्याम्पियनहरू’ भएको बताएका थिए । डेमोक्रेटिक दल ‘युद्ध, सेन्सरसीप, भ्रष्टाचार, प्रविधि र पैसा’ को पार्टी बनेकाले आफू अलग भएको बताएका थिए ।

सबैभन्दा लोकप्रिय समयमा उनले १४ देखि १६ प्रतिशत मतदातको समर्थन जुटाएका चुनावी सर्वेक्षणहरूले देखाएका थिए । तर हृयारिस डेमोक्रेटिक दलको उम्मेदवार भएदेखि भने उनलाई समर्थन गर्ने उम्मेदवारको संख्या १ अंकमा झरेको हो । यसअघि एक पत्रकार सम्मेलनका क्रममा उनले हृयारिससँग काम गर्ने प्रस्तावसमेत गरेका थिए । तर डेमोक्रेटहरूले उनलाई बेवास्ता गरेका बताइन्छ ।

प्रकाशित : भाद्र ८, २०८१ १७:१३
x
×