कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

यूएस ओपन : सिनर पुगे चौथो चरण

भाद्र १६, २०८१
यूएस ओपन : सिनर पुगे चौथो चरण

काठमाडौँ — शीर्ष वरीयताका यानिक सिनरले यूएस ओपन २०२४ को चौथो चरणको यात्रा निश्चित गरेका छन् । उनले शनिबारको खेलमा क्रिस्टोफर ओकोनेललाई दुई घण्टा भन्दा कम समयमा ६–१, ६–४ र ६–२ ले पराजित गरे ।

उनका दुई प्रमुख प्रतिद्वन्द्वी नोभाक जोकोभिच र कार्लोस अल्कारेजको हारपछि यो महत्त्वपूर्ण जित निस्केको हो । अब उनले अमेरिकाका टोमी पउलको सामना गर्नेछन् ।

महिलातर्फ छैटौं वरीयताकी अमेरिकी खेलाडी जेसिका पेगुलाले जेसिका बोउजासलाई ६–३ र ६–३ ले पराजित गर्दै चौथो चरण प्रवेश गरेकी छिन् ।

यस्तै जास्मिन पाओलिनीले युनिआ पुटिनसेभालार्य ६–३ र ६–४ ले हराइन् ।

प्रकाशित : भाद्र १६, २०८१ ०५:२३
x
×