कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

ला लिगा : भालाडोलिडमाथि बार्सिलोनाको सात गोल

भाद्र १६, २०८१
ला लिगा : भालाडोलिडमाथि बार्सिलोनाको सात गोल

काठमाडौँ — राफिन्हाको ह्याट्रिकमा स्पेनी ला लिगामा बार्सिलोनाले शनिबार भालाडोलिडमाथि ७–० को प्रभावशाली जित निकालेको छ । नयाँ सिजन लिगमा बार्सिलोनाको शतप्रतिशत सुरुआत पनि कायम रह्यो ।

ह्यान्सी फ्लिकको बार्सिलोना लिगमा सुरुआती चारै खेल जित्ने एक्लो टिम रहेको छ । यस जितपछि बार्सिलोनाले आफ्नो पुरानो प्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि सात अंकको अग्रता पनि खोलेको छ ।

बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की, जुलेस कोन्डे, डानी ओल्मो र फेरान टोरेसले पनि गोल गरे । अन्य खेलमा एटलेटिको म्याड्रिडले एथलेटिको बिलबाओलाई १–० र इस्पनयोलले रायो भालेकानोलाई २–१ ले हरायो ।

प्रकाशित : भाद्र १६, २०८१ ०५:२१
x
×