कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

इंग्लिस प्रिमियर लिग : हालान्डको लगातार दोस्रो ह्याट्रिक

भाद्र १६, २०८१
इंग्लिस प्रिमियर लिग : हालान्डको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ — इर्लिङ हालान्डको लगातार दोस्रो ह्याट्रिकको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको छ । नर्वेली खेलाडीले खेलको १०, ३० र ८३ औं मिनेटमा गोल गरे ।

वेस्ट ह्यामबाट सम्भव भएको एक गोल पछि रुबेन डियासको नाममा आत्मघाती रह्यो । इपस्विच टाउनविरुद्धको लिगको पछिल्लो खेलमा पनि हालान्डले ह्याट्रिक गरेका थिए ।

लिगमा सिटीको यो लगातार तेस्रो जित हो र उसले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्यो । शनिबारका अन्य खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१, बर्नमाउथले एभरटनलाई ३–२ र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–१ ले हरायो ।

यस्तै आर्सनल र ब्राइटन, इपस्विच टाउन र फुलहम र नटिंघम फरेस्ट र उल्भ्सले समान १–१ को बराबरी खेले ।

प्रकाशित : भाद्र १६, २०८१ ०५:२०
x
×