कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कास्यपदक विजेता गोवर्धनलाई प्रधानमन्त्री ओलीको बधाई

भाद्र १५, २०८१
कास्यपदक विजेता गोवर्धनलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिएका हुन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

प्रकाशित : भाद्र १५, २०८१ १३:२०
x
×