कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

’भारतको लोकसभामा ‘नेपाल विशेष बैठक’

नयाँदिल्ली — नेपालमा जारी राजनीतिक समस्या, मधेस आन्दोलन र अघोषित नाकाबन्दीको पृष्ठभूमिमा शनिबारको लोकसभामा ‘नेपाल विशेष परामर्श बैठक’ भएको छ।

लोकसभामा रहेका नेपाल समर्थक एवं शुभेच्छुक दलीय नेताहरूको दबाबमा विदेशमन्त्री सुष्मा स्वराजको अध्यक्षतामा बसेको बैठकमा नेपालमा उब्जिएको ‘मानवीय तहको समस्या’ तदारुकताका साथ सुल्झाउन दबाब दिइएको थियो।
भारतीय कंग्रेसका डा. करन सिंह र शशी थरुर, भारतीय जनता पार्टीका शत्रुघ्न सिन्हा, कम्युनिस्ट पार्टी अफ इन्डियाका डी. राजालगायत बैठकमा सहभागी थिए। कंग्रेस राष्ट्रवादीका नेता डीपी त्रिपाठी यो विशेष बैठक तय गराउनेका अभियन्ता थिए। भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सीताराम येचुरी, संयुक्त जनता दलका केसी त्यागीसहितका नेताहरूको दबाबमा लोकसभामा नेपाल केन्द्रित विशेष बैठक गर्ने पहल रहँदै आएको थियो।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिअन्तर्गत रहने विशेष नेपाल परामर्श बैठकमा विदेशमन्त्री स्वराजले ‘राजनीतिक समस्याका कारण उब्जिएको नेपालसँगको पारवहन समस्या समाधान गर्न नेपालभित्रै राजनीतिक संवाद जरुरी रहेको’ धारणा राख्दै आवश्यक परामर्श र सदाशयताका लागि भारतले सक्दो सहयोग गर्ने बताएकी थिइन्।

प्रकाशित : मंसिर ६, २०७२ ०८:४०
x
×