२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

दरबार हत्याकान्ड र कोइराला

विवेक शाह

काठमाडौ — नारायणहिटी दरबार हत्याकान्ड हँुदा म तत्कालीन राजा वीरेन्द्र शाहको सैनिक सचिव थिए ।

घटनालगत्तै सबैलाई हतारहतार छाउनीस्थित सैनिक अस्पताल पुर्‍याइयो । म पनि बेलुकीको ९.२० तिर अस्पताल पुगिसकेको थिए । अस्पतालको माहौल निकै तनावपूर्ण बनेको थियो । चिकित्सकहरू घाइतेको उपचारमा व्यस्त थिए । त्यसबेला पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग पनि सम्पर्कको प्रयास भइरहेको थियो । आफूले केही गर्नु नपर्ने भएकाले मलाई त्यहाँ बसिरहनु उपयुक्त लागेन । दरबार परिसरभित्रकै आफ्नो कार्यालयमा आए । दरबारका अन्य उच्च कर्मचारी, सेनापति, प्रहरी प्रमुख, गृहका उच्च अधिकारी सबैलाई त्यही बोलाए । र, घटनाबारे आफूले थाहापाएसम्म बिपि|mङ गरे ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । उहाँलाई कसरी जानकारी गराउने भन्ने छलफल भयो । उहाँसँग सम्पर्क कायम भयो । कोइरालाले घटनाबारे पहिल्यै जानकारी पाएकाले, लुगा लगाएर बसिसक्नुभएको रहेछ । हामीले त्यही आऊ कि, भन्दा उहाँ आफैंले दरबारमै आउने इच्छा व्यक्त गर्नुभयो । तत्कालीन मुख्यसचिव पशुपतिभक्त महर्जन कोइरालालाई लिन
जानुभयो । उहाँ आएपछि मैले घटनाबारे बिपि|mङ गरे । अब के गर्ने भनेर सोधियो, उहाँले पहिले अस्पताल जाउ“m भन्नुभयो । उहाँ अस्पताल पुग्नुभयो । त्यहाँ तत्कालीन मुमा बडामहारानी रत्नसँग उहाँले केही कुराकानी गर्नुभो, अलि परै भएकाले के कुरा भयो थाहा भएन । प्रधानमन्त्री कोइरालाले पनि पहिले ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्नेमा जोड दिनुभयो ।
मौसमको प्रतिकूलताले हेलिकोप्टर पोखरातिर जानै सकिरहेको थिएन । कोइरालाले यसबीच चिकित्सकसँग केही कुरा गर्नुभयो । हामीले हजुर र्फकंदा हुन्छ भनेका थियौं । उहाँले अस्पतालमै बस्ने इच्छा व्यक्त गर्नुभयो । प्रतीक्षा कक्षमा
गएर बस्नुभयो र केही मन्त्रीहरूलाई त्यही बोलाउनुभयो । यसैलाई लिएर पछि कसैले कोइरालालाई नजरबन्द गरिएको हल्ला
चलाए तर वास्तविकता त्यस्तो थिएन । तत्कालीन अधिराजकुमार शाह बिहानमात्रै आइपुग्नुभयो । उहाँलाई लिन कोइराला अस्पतालको हेलिप्याडसम्मै पुग्नुभयो । उहाँहरूबीच अस्पतालकै पुस्तकालयमा केही
कुरा भयो ।
तत्कालीन राजा वीरेन्द्रको निधन भइसकेको थियो । नयाँ राजा घोषणा नभएसम्म पूर्वराजाको मृत्यु घोषणा गर्न नमिल्ने प्रचलन थियो । ज्ञानेन्द्र, कोइराला र तत्कालीन राजपरिषदका सभापतिबीच छलफल भयो । अब के गर्नेभन्दा कोइरालाले परम्परा, विधि जे छ, सोहीअनुरूप गर्नुस्, सरकारको तर्फबाट मैले के सहयोग गर्नुपर्छ, गर्छु मात्र भन्नुभयो । अन्तमा तत्कालीन युवराज दीपेन्द्रलाई राजा घोषणा गर्ने र ज्ञानेन्द्रलाई राज्यसहायक बनाएर उहाँबाट देशवासीका नाममा सम्बोधन गर्ने तय भयो । ज्ञानेन्द्रले घटनाबारे छानबिनका लागि एउटा उच्चस्तरीय आयोग बनाउने कुरा राख्नुभयो । आयोगमा कोको बस्ने विषयमा छलफल भएको थियो, एमालेका तत्कालीन महासचिव -हाल प्रधानमन्त्री) माधव नेपाल आफैंले 'सरकार म छुटौला नि हजुर' भन्नुभएको थियो । -पछि नेपालले आयोगमा बस्न अस्वीकार गरेका थिए) ।
अर्कोतर्फ शव आर्यघाट पुर्‍याउने चटारो
थियो । बाहिरको माहौलका कारण मैले गाडीबाटै शवयात्रा चलाउनुपर्ने बताए । परम्पराका कारण मुमा रत्नले मान्नुभएन । उहाँकै अडानपछि ब्राह्मणसहित पैदल शवयात्रा चलाइयो । शवयात्रामा मेरो अगाडि ज्ञानेन्द्र र पछाडि कोइरालाको गाडी थियो । छाउनीबाट निस्केलगत्तै देखि कोइरालामाथि पानीका खाली बोत्तल, इँटा, ढुंगा प्रहार भइरहेको थियो । जनता निकै आक्रोशित थिए । शोभाभगवतीनेर आइपुग्दा त प्रहार निकै तीव्र भयो, केही ढुंगा मलाई समेत लाग्यो, चोट लाग्यो । अनि तत्कालै निर्णय गरेर कोइरालालाई त्यहीबाट फर्काइयो ।
तेस्रो दिन दीपेन्द्रको निधनपछि ज्ञानेन्द्र राजा हुनुभयो । लगत्तै होलेरीमा माओवादी आक्रमण भयो । सेनाले सहयोग नगरेको भन्दै कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ।
यस असहयोगमा राजाको पनि भूमिका रहेको र त्यहीकारण उहाँहरूबीच सम्बन्ध चिसिएको चर्चा चलेको थियो । मैले पनि केही समयपछि अवकाश लिए । तत्कालीन राजा ज्ञानेन्द्रले
चालेको कदमको विरोधमा नेपाली कांग्रेस आन्दोलनमा गयो । यसैका कारण पार्टी नै
फुट्यो । कोइराला नेतृत्वको कांग्रेससहितका दल आन्दोलनमा थिए । त्यसपछि त ०६३ सम्मै उहाँ आन्दोलनमै रहनुभयो । विस्तारै राजाका अधिकार खोसिदै गएर मुलुकमा गणतन्त्र नै आयो ।
दरबार हत्याकाण्डपछि जोडिएको तत्कालीन राजा ज्ञानेन्द्र र कोइरालाको
सम्बन्ध प्रधानमन्त्रीबाट उहाँकोे राजीनामासँगै चिसिदै गएको महसुस गरिएको थियो । गणतन्त्र स्थापनापछि त त्यो सम्बन्ध पनि समाप्त भएजस्तो लाग्छ । 
-कुराकानीमा आधारित)
 

प्रकाशित : चैत्र १९, २०६६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?