कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

बैतडीमा करेन्ट लागेर १ जनाको मृत्यु

भाद्र १८, २०८१

दार्चुला — बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । पाटन नगरपालिका–६ स्थित डुङराकी  ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो । 

सोमबार अपराह्न साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि भिजेका लुगा सुकाउनका लागि राख्ने क्रममा करेन्ट लागेर मृत्यु भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ ।

सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको र सोही तारमा करेन्ट लागेर मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०८१ ०६:२७
x
×