कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

खैरो हेरोइनसहित दुई युवक पक्राउ

भाद्र १४, २०८१
खैरो हेरोइनसहित दुई युवक पक्राउ

दार्चुला — प्रहरीले खैरो हेरोइनसहित दुई जना युवकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शैल्यशिखर नगरपालिका–९ का रामबहादुर चन्द र लेकम गाउँपालिका–२ का सन्तोष जोशी खैरो हेरोईनसहित पक्राउ परेका हुन् ।

सन्तोषको कोठाबाट ४ सय मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) सहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

गत शुक्रबार मात्रै गोकुलेश्वरबाट तीन जनालाई ९ सय ८० मिलिग्राम खैरो हिरोईनसहित पक्राउ गरिएको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १४, २०८१ २०:२१
x
×