कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

वाईसीएलका जिल्ला अध्यक्षविरुद्ध बलात्कार अरोपमा पक्राउ पुर्जी जारी

भाद्र २०, २०८१
वाईसीएलका जिल्ला अध्यक्षविरुद्ध बलात्कार अरोपमा पक्राउ पुर्जी जारी

कालीकोट — २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा माओवादी केन्द्रको युवा संगठन वाईसीएल कालीकोटका अध्यक्ष राजबहादुर बुढाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पलाता गाउँपालिका-१ पुलाहा घर भएका २९ वर्षीय वाईसीएल जिल्ला अध्यक्ष बुढाले ०८० फागुन ५ गते पीडितको घरमा जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको छ । 

उक्त उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पोषण थापाले जानकारी दिए । उनका अनुसार अध्यक्ष बुढाले युवतीलाई जबरजस्ती करणी गरेको र पछि गर्भपतन गराएको आरोप छ ।

'जाहेरी परेपछि अदालतबाट पक्राउ आदेश लिएर पीडकको खोजी सुरु गरेका छौँ । अदालतबाट पक्राउ पुर्जी जारी भएको छ,' उनले भने । फागुन ५ गते भएको बलात्कारपछि गर्भ रहेकोमा बुढाले भ्रुणहत्या गर्दा अत्याधिक रक्तश्राव भएपछि मान्ममा उपचार गरेर फर्किएकी युवतीले गाउँ पुगेपछि विष सेवन गरेकी थिइन् । स्थानीयका अनुसार त्यसबेला इलाका प्रहरी कार्यालय थिर्पूमा छलफल गरेर मिलापत्र गरेर पीडितलाई घर पठाइएको थियो ।

थिर्पू प्रहरी चौकीमा विषसेवन गरेको विषयमात्र उठेकाले पीडित र पीडकबीच मिलापत्र गराएको डिएसपी अर्जुन केसीले बताए । 'बलात्कारको घटना प्रहरीले मिलाएको होइन,' उनले भने, 'विष सेवनको विषयमा छलफल गरेर मिलापत्र गरेको भन्ने जिल्लामा जानकारी आएको थियो ।'

प्रकाशित : भाद्र २०, २०८१ २१:१९
x
×