कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

टाइगर प्यालेस परिसरमा वृक्षारोपण

भाद्र १७, २०८१
टाइगर प्यालेस परिसरमा वृक्षारोपण

भैरहवा — रूपन्देहीको तिलोत्तमा–१५ स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टलाई पर्यावरणमैत्री तुल्याउन भन्दै वृक्षारोपण गरिएको छ । कार्वन उर्त्सजन न्यूनीकरणका साथै प्रत्येक वर्ष वृक्षारोपण गरेर वातावरणमैत्री रिसोर्ट बनाउन लागिएको सञ्चालकले जानकारी दिए ।

नयाँ व्यवस्थापनले रिसोर्टसञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा सोमबार आयोजित कार्यक्रममा यस्तो जानकारी गराइएकोहो । रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक लेखकले कार्वन उर्त्सजन हुने वस्तुकोप्रयोग शून्य बनाउने र हरियाली बढाएर वातावरण संरक्षणमा टेवा पुर्‍याउने दाबी गरे ।आगामीकेही वर्षभित्रै रिसोर्टले कार्वन उर्त्सजन हुने फुडप्रिन्टलाई शून्य बनाउँदै छ,’ उनले भने, ‘प्रत्येक वर्ष एक सय बिरुवा रोप्नेछौं भने होटलमा विद्युतीयगाडीको मात्रै प्रयोग गरिनेछ ।

लामो समय बन्द रहेको रिसोर्ट गैरआवासीय नेपालीको लगानीमा एक वर्षअघि पुनः सञ्चालनमाआएको थियो । यस अवसरमा रिसोर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायसितको सहकार्यलाईजोड दिने जनाएको छ । गत वर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई सोमबार नै पुरस्कृत पनिगरिएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ १७:३३
x
×