कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

घरमा मानव कंकाल फेला

भाद्र १७, २०८१

प्यूठान — प्यूठानमा मानव कंकाल फेला परेको छ । जिल्लाको माण्डवी गाउँपालिका-२ मा मानव कंकाल फेला परेको हो । माण्डवी गाउँपालिका-२ अधेरीस्थित दल बहादुर खत्रीको पुरानो घरमा मानव कंकाल फेला परेको वडा अध्यक्ष प्रकाश ओलीले जानकारी दिए ।

कपडामा बेरेर पलाष्टिकमा पोको पारेको अवस्थामा घरको दोस्रो तलामा ढोकाले माथिबाट च्यापिएको अवस्थामा कंकाल फेला परेको हो ।

आइतबार स्थानीय बाँदर धपाउन गएको बेला पानी परेपछि ओत लाग्न उक्त घरमा गएका थिए । भुइँतलामा हिलो भएपछि दोस्रो तलामा ओत लाग्न गएका उनीहरुले मानव कंकाल फेला पारेका थिए । उक्त घर विगत ७ वर्षदेखि खाली छ । घरको बीच तलामा ११/१२ वर्षको बालिकाको कंकाल हुनसक्ने माण्डवी गाउँपालिका वडा नं २ का वडाध्यक्ष ओलीले जानकारी दिए ।

प्रकाशित : भाद्र १७, २०८१ १३:३१
x
×