कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पहिरोले मध्यपहाडी लोकमार्गसहित तीन सडक अवरुद्ध

भाद्र २१, २०८१
पहिरोले मध्यपहाडी लोकमार्गसहित तीन सडक अवरुद्ध

बागलुङ — अविरल वर्षा दर्जनौं पहिरो खस्दा मध्य पहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र गलकोट ताराखोला सडक अवरुद्ध  भएका छन् । 

बिहीबार साँझदेखि परेको वर्षा सडकमा दर्जनौं पहिरो खसेको प्रहरीले बतायो । बडिगाड गाउँपालिका वडा नं ६ को ठूलोबेंसीमा खसेको पहिरोले लामो दुरीका बस रोकिएका छन् । त्यस्तै गलकोट नगरपालिका ९ मा सडक भासिँदा जोखिम भएको छ । सवारीसाधन सहज चल्न नसकेका हुन् । एक महिनाअघिनै खसेको पहिरोले यहाँ जोखिम थियो ।

कालीगण्डकी करिडोरको बागलुङ खण्डमाको एक्ले सालमा दुई महिनादेखि सडक अवरुद्ध छ । अस्थायी रुपमा खुलाइएको सडकपनि बिहीबार राति बन्द भएको हो । त्यस्तै जैमिनी नगरका विभिन्न स्थानमा खसेको पहिरोले सडक ठप्पै भएको हो ।

गलकोट नगरपालिकादेखि ताराखोला गाउँपालिका जाने सडकमा पनि ठाउँठाउँमा खसेको पहिरोले यातायात ठप्प भएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । सबै सडक खुलाउने प्रयास भएको उनले बताए । स्थानीय तहको सहकार्यमा डोजर पठाएर सडक सञ्चालन गर्ने उनले जानकारी दिए ।

लोकमार्गमा पश्चिम रुकुम र जाजरकोटदेखिका गाडी गुड्छन् । सवारी ठप्प हुँदा यात्रीले सास्ती खेप्ने भएकोले तत्काल खुलाउने प्रयास भएको उनले बताए ।

प्रकाशित : भाद्र २१, २०८१ ०९:३०
x
×