कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

मध्यविन्दु र देवचुली नगरपालिकाले तीज बिदा दिने

भाद्र २०, २०८१

पूर्वी नवलपरासी — यहाँको मध्यविन्दु र देवचुली नगरपालिकाले तीज पर्वका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

मध्यविन्दुका मेयर भीमलाल अधिकारी र देवचुलीकी उपमेयर पार्वता तिवारीले बिहीबार एक सूचना प्रकाशन गरेर शुक्रबार तीज पर्वका अवसरमा नगरपालिका भित्रका सबै कार्यालयलाई बिदा दिएको जानकारी गराएका छन् । सरकारी कार्यालय, सार्वजनिक संस्थानहरू र शैक्षिक संस्थामा बिदा दिइएको सूचनामा उल्लेख छ ।

प्रकाशित : भाद्र २०, २०८१ १२:५९
x
×