कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

कावासोतीमा विषादी परीक्षण केन्द्र संचालन

भाद्र १९, २०८१
कावासोतीमा विषादी परीक्षण केन्द्र संचालन

नवलपुर — पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा तरकारी तथा फलफूलको विषादी परीक्षण केन्द्र संचालनमा आएको छ । 

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रलाय कृषि प्रयोगशालाले विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइ संचालनमा ल्याएको हो । कावासोती फलफूल चोकमा रहेको कृषि थोक बजारमा स्थापना भएको प्रयोगशालामा अबबाट यस क्षेत्रमा आउने फलफूल र तरकारीको नियमित विषादी परीक्षण हुने वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले बताए ।

थोक बजारबाट नियमित रुपमा नमुना संकलन गरेर कार्बामेट र अर्गानोफस्पेट दुई समूहमा पर्ने विभिन्न विषादीको परीक्षण गरिने लक्ष्य छ । परीक्षण गरिएका फलफूल र हरियो तरकारीमा आवश्यकभन्दा बढी मात्रामा विषादी देखिएमा बिक्री वितरणमा रोक लगाइने छ । कावासोतीस्थित कृषि थोक बजारमा जिल्लाका विभिन्न स्थानबाट तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउने गरिन्छ ।

विषादी परीक्षण इकाइ संचालनमा आएपछि स्थानीय उपभोक्ता खुसी भएका छन् । नाफाका लागि व्यावसायिक किसानले आफूअनुकूल विषादी राख्दा उपभोक्तामा असर परिरहेकाले अब विषादी राख्नेक्रम पनि घट्ने कावासोतीका कमल पौडेलले बताए ।


प्रकाशित : भाद्र १९, २०८१ १६:३९
x
×